कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चीनले भन्यो : नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ 

लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालमा नयाँ सरकार गठन भएकोमा चासो प्रकट गरेको छ। मंगलबार बेइजिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारे प्रश्न सोधिएको थियो।

चीनले भन्यो : नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ 

जवाफमा चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले चीनले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्ने आशा प्रकट गरिन्। नेपालले हालै नयाँ सत्ता गठबन्धन गठन गरेको र मन्त्रिपरिषद् पुनर्गठन गरेकोबारे उनले भनिन्, ‘नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास छ।’

उनले एक मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीन चीन–नेपाल सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गर्न, परम्परागत मित्रता अभिवृद्धि गर्न, व्यवहारिक सहयोगलाई प्रगाढ बनाउन र आगामी पुस्ताका लागि चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन्। उनले भनिन्, ‘विकास र समृद्धितर्फ उन्मुख हुन र दुई देशका जनताका लागि थप लाभ सिर्जना गर्न थप विकास गर्न नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार छ।’

प्रकाशित : फाल्गुन २२, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×