कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कांगेसद्वारा चितवन घटनाको अनुसन्धानको माग

काठमाडौँ — नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा सालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कांगेसद्वारा चितवन घटनाको अनुसन्धानको माग

कांगेसले शनिबार विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ । कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

यो दुखद् क्षणमा बालिका सालिन पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १९, २०८० १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×