१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस् : गृहमन्त्री 

अवधेशकुमार झा

राजविराज — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन् । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन् । 

गठबन्धन र सरकारको आयु कांग्रेसलाई सोध्नुस् : गृहमन्त्री 

वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, 'यो नेपाली कांग्रेसलाई सोध्नुस्' । प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए ।

उनले औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने सुझाव दिए ।

सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताए ।

समस्या समाधानका लागि काठमाडौं पुगेका मिटरब्याजपीडितहरुलाई गृहमन्त्री श्रेष्ठले भने, 'समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौं, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन्।'

प्रकाशित : फाल्गुन १२, २०८० १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?