कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सांसद देवकोटा भन्छन् : महावीर पुनजस्ता व्यक्तिहरू राष्ट्रिय सभामा हुनुपर्ने हो

काठमाडौँ — राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले पुनजस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए । 

सांसद देवकोटा भन्छन् : महावीर पुनजस्ता व्यक्तिहरू राष्ट्रिय सभामा हुनुपर्ने हो

सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए । उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए । सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

'अनुसन्धानको क्षेत्रमा महावीर पुनले चाहेको वातावरण निर्माण गरिदिनु पर्छ । संघीय सरकारले मात्रै होइन, प्रदेश र स्थानीय तहले पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनको अभियानलाई साथ दिन आवश्यक छ । वास्तवमा यो राष्ट्रिय सभाकै चर्चा गर्ने हो भने पनि यो सभामा हुनुपर्ने व्यक्तित्वहरु भनेको महावीर पुनहरु जस्तै हो,’ सांसद देवकोटाले भने । सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×