कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

माओवादी सांसदको प्रश्न : प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध गर्नु मात्रै हो र ?

काठमाडौँ — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरूको काम सरकारको विरोध मात्रै गर्ने नभएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पार्कीले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान खोज्दा पनि प्रतिपक्षहरुले बिरोध गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

माओवादी सांसदको प्रश्न : प्रतिपक्ष दलहरूको धर्म सरकारको विरोध गर्नु मात्रै हो र ?

सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरी घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गरे । उनले भ्रष्टहरुलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाऊ गरे ।

‘प्रतिपक्षको धर्म विरोध मात्रै गर्नु हो त ? विगतमा जति पनि सरकार बने । त्यो सरकार बन्ने र भत्किने जुन काम भयो । अहिलेको जुन गठबन्धनको सरकार बनेको छ । त्यो सरकारले वास्तवमा भन्ने हो भने संविधान र यो व्यवस्थालाई पनि अझ मजबुत बनाउने, यो व्यवस्थालाई स्थायित्व दिने गरेर जुन सम्माननीय प्रधानमन्त्रीज्यूले स्टेप चाल्नु भएको छ । के यो ऐतिहासिक काम छैन र ?,' सांसद पार्कीले भने ।

प्रकाशित : फाल्गुन ११, २०८० १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×