कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाँचौँ प्रयासमा राष्ट्रिय सभामा मनरुपा

सशस्त्र द्वन्द्वका क्रममा उनले श्रीमान् गुमाएकी थिइन्
प्रकाश बराल

बागलुङ — दम्पती नै सक्रिय राजनीतिमा थिए । सशस्त्र द्वन्द्वकै क्रममा उनले श्रीमान विजय सुवेदी ‘विकास’ लाई गुमाइन् । विवाह भएको चार वर्षमा पति वियोगमा परे पनि उनले आफ्नो राजनीतिक अभियान रोकिनन् ।

पाँचौँ प्रयासमा राष्ट्रिय सभामा मनरुपा

चार पटकसम्म चुनावी मैदानमै संघर्ष गरिन् । पति वियोगलाई उनले शक्तिमा बदलेर पटक पटक राजनीतिक युद्ध, निर्वाचन र संघर्षमा होमिइन् । लामो संघर्षमा उनी कहिले पनि विचलित भइनन् । राजनीतिमा एरिया, जिल्ला र प्रदेश तहको सदस्य हुँदै जिल्ला संयोजक भइसकेकी मनरुपा सुवेदी (विमला) यस पटक राष्ट्रिय सभामा निर्वाचित भएकी छिन् ।

पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीकी सुवेदी गण्डकी प्रदेशबाट महिला क्लस्टरबाट उक्मेदवार बनेकी थिइन् । ४३ वर्षीया सुवेदीले बिहीबार सम्पन्न निर्वाचनमा एमालेकी सम्झना देवकोटालाई हराउँदै विजयी भएकी हुन् ।

पति गुमाएको २० वर्षसम्म उनले धेरै संघर्ष गर्नु परेको सुनाइन् । २०६१ सालमा स्याङ्जामा भएको दोहोरो भिडन्तमा उनका श्रीमानको मृत्यु भएको थियो । मनरुपाले राष्ट्रिय सभामा महिला तथा बालबालिकाका मुद्दालाई दृढताका साथ उठाउने बताएकी छिन् । ‘अहिले पनि संक्रमणकालीन न्याय टुंगोमा पुगेको छैन, त्यसमा काम गरेर पूरा गर्ने मन छ,’ उनले भनिन्, ‘द्वन्द्वका घाउ बल्झाएर राख्ने होइन, समयमा पूरा गर्नुपर्छ ।’

२०६४ सालको निर्वाचनमा उनी २७ वर्षकी मात्रै थिइन् । माओवादीले उनलाई पर्वत क्षेत्र नं. १ बाट संविधानसभा सदस्यका लागि टिकट दियो । उनका प्रतिस्पर्धी थिए कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी । सुवेदी माओवादीको जिल्ला कार्यसमितिकी सदस्य मात्रै थिइन् तर पनि उनले जोशीभन्दा १ हजार मत मात्रै कम पाइन् । २०७० को निर्वाचनमा उनी समानुपातिकको बन्द सूचीमा थिइन् तर पार्टीले सांसद बनाएन । २०७४ को निर्वाचनमा पनि उनको नाम बन्दसूचीमा परे पनि अवसर पाएकी थिइनन् ।

प्रकाशित : माघ १२, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×