कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

माओवादी विधान अधिवेशन फागुन १ गते

काठमाडौँ — माओवादी केन्द्रको विधान अधिवेशन फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले माओवादीले युद्ध सुरु गरेकै दिन राजधानीमा विधान अधिवेशन सुरु गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादी विधान अधिवेशन फागुन १ गते

उनका अनुसार पार्टी एकताको वातावरण बनाउने निर्णय पनि बैठकले गरेको छ । पार्टी एकताको संयोजन अध्यक्ष पुष्पकमल दाहालले गर्ने र त्यसका लागि नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीसँग छलफल अघि बढाउने निर्णय पनि भएको उनले बताए ।

बैठकमा 'जनतासँग माओवादी' विशेष रुपान्तरण चार महिने अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालिएको छ ।

स्थायी समिति सदस्यले अभियानले पार्टी संगठनहरुलाई सक्रिय बनाएको रिपोर्टिङ गरेका थिए ।

प्रकाशित : पुस २८, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×