सुत्केरीलाई ‘पुतली बाकस’

काठमाडौँ — प्रारम्भिक बाल विकास केन्द्रले बाल सुधारगृह भक्तपुरभित्र सुत्केरी भएकी जेडए (नाम परिवर्तन)लाई ‘पुतली बाकस’ हस्तान्तरण गरेको छ । 

बच्चाको लागि ओड्ने/ओछ्याउनेदेखि आमाको लागि घिउ, गेडागुडी रहेको ‘पुतली बाकस’ सुधारगृहकी १८ वर्षीया जेडएलाई शुक्रबार हस्तान्तरण गरेको हो । केन्द्रले २०७३ सालदेखि देशभरका विभिन्न कारागारभित्र सुत्केरी हुने महिलालाई ‘पुतली बाकस’ दिँदै आएको केन्द्रकी अध्यक्ष पुष्पा बस्नेतले बताइन् । उनका अनुसार देशभरका कारागारभित्रका ५० जना सुत्केरी महिलालाई उक्त बाकस वितरण गरिसकेको छ।

‘जुनसुकै अवस्थामा जन्मिए पनि बच्चाले स्वतन्त्र रुपमा बाँच्ने अधिकार र आमाले समेत बाहिर जसरी नै स्याहार पाउनु पर्छ, त्यसैले कारागार तथा सुधार गृहभित्र भएका सुत्केरीलाई ‘पुतली बाकस’ वितरण गर्न थालेका हौं,’ उनले भनिन् ।

सुत्केरी जेडिएलाई वितरण गरिएका अधिकांश सामग्री केन्द्रीय कारागारबाट खरिद गरी तयार पारिएको उनले सुनाइन् ।

प्रकाशित : पुस १६, २०७८ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?