महाराजगन्ज क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, दुई जना घाइते

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत महारागगन्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको दुई टोलीबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खड्का र वीरेन्द्रजंग कुँवर घाइते भएका छन् । आफूहरूमाथि छात्रबासमै बस्ने अर्को सिनियर टोलीले कुटपिट गरेको उनीहरुको आरोप छ ।

महाराजगन्ज क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, दुई जना घाइते

घाइते कुँवरको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । खड्काको टाउकोमा सामान्य चोट लागेको छ । कुँवरको पाखुरामा धारिलो वस्तुले प्रहार गरेको गहिरो चोट देखिन्छ ।

आफूमाथि आक्रमण भएपछि कुँवरले काठमाडौं प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका छन् । उनले एमबीबीएस अध्ययनरत सुलभ आचार्य, रमेश बलायर, सूर्यप्रकाश जोशी, शिव सिंह, विकास देव, सुरज भट्ट, सम्राट भट्ट र सुमित बोहराविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । राति मादक पदार्थ सेवन गरेर छात्रबासमा आएका व्यक्तिहरुले सिसालगायत धारिलो वस्तुले प्रहार गरेको खड्काको आरोप छ । घाइते खड्काले घटनाबारे क्याम्पस प्रशासनलाई जानकारी गराउँदा प्रहरीमा जान भनेको तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको गुनासो गरे ।

महाराजगन्ज वृत्तका डिएसपी प्रमेश विष्टले भने पीडितको उजुरीको आधारमा घटना अनुसन्धान भइरहेको जानकारी दिए । आक्रमणबाट चोट लागेका व्यक्तिको घाउ जाँच गर्न पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘घटनाको अनुसन्धानपछि कुन कसुरमा मुद्दा चलाउने स्पष्ट हुन्छ, अहिले घाइते भएका व्यक्तिको घाउ जाँच गरिएको छ,’ उनले भने ।

अर्को समूहले पनि आफूहरुमाथि आक्रमण भएको बताएको तर यसबारे प्रहरीमा उजुरी भने नआएको डीएसपी विष्टले बताए ।

अनेरास्ववियुका कारण घटना भएको हो : नेविसंघ

नेविसंघले आफ्ना विद्यार्थीहरुलाई छात्रावासमा प्रवेश नदिएर अनेरास्ववियू र आफ्ना पक्षबीच झडप भएको प्रतिक्रिया जनाएको छ । नेविसंघ अध्यक्ष डा मिर्जा सिद्दिकीले शनिबार साँझ विज्ञप्ति जारी गर्दै दुई दिनअघि नवनिर्मित पुरुष छात्रावास अनेरास्ववियु निकट विद्यार्थीले छात्रावास र क्याम्पस प्रशासनको नियम उल्लंघन गरी कब्जा लिएको र नेविसंघले पनि बस्न पाउनु पर्ने भन्दै छात्रावास प्रवेश गर्न खोज्दा आफूहरुमाथि हातपात भएको आरोप लगाएका छन् ।

यस्तै अनेरास्ववियुका विद्यार्थीहरुले स्वयं सिसामा इँटा प्रहार गर्दा लागेको चोटलाई केही विद्यार्थीहरुले कुटपिट गरेको भनी भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास गरेको समेत विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?