कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ — ललितपुर महानगरपालिका–४ इमाडोलबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली नोटसहित एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर, मकवानपुरगढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–४ इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जन छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार भोम्जनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले भोम्जनको साथबाट ५०० दरका १६० थान गरी ८० हजार बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । नक्कली नोटसहित पक्राउ परेका भोम्जनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित : असार १७, २०८० १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?