कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर

काठमाडौँ — काठमाडौंको अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर

लायन्स क्लब अफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा कलेजले मंगलबार आँखा, दाँत तथा मधुमेहको निःशुल्क स्वास्थ्य जाँच गराएको हो ।

शिविरमा १३८ जनाले दाँतको समस्या सम्बन्धी सेवा लिए भने १७९ जनाले आँखा सम्बन्धी सेवा लिए । साथै २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक सुजित मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार काठमाडौं महानगर १० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् । ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन्’, उनले भने ।

कलेजका विद्यार्थी, शिक्षकका परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ लिएको मैनालीले बताए । कलेजले आफ्नो वार्षिकोत्वसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम समेत गराएको थियो । जसअन्तर्गत विद्यार्थी र कर्मचारीबाट ३८ पिन्ट रगत संकलन भएको छ ।

प्रकाशित : असार १२, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?