२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ललितपुरमा घरदैलोमै पुगेर सुर्तीजन्य पदार्थ नखान जनचेतना कार्यक्रम गरिने 

काठमाडौँ — ललितपुर महानगरपालिकाले मंगलबारदेखि स्थानीयको घरदैलोमै पुगेर सुर्तीजन्य पदार्थ नखान सचेतना कार्यक्रम सञ्चालन हुने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर सो अभियान सञ्चालन गरिने बताए । 

ललितपुरमा घरदैलोमै पुगेर सुर्तीजन्य पदार्थ नखान जनचेतना कार्यक्रम गरिने 

उनले कार्यक्रममा बोल्दै ललितपुरको पाटन, पुलचोक, लगनखेल, जावलाखेललाई ‘नो स्मोकिङ जोन’ घोषणा गरिसकेको बताउँदै नसर्ने रोगको प्रमुख कारकका रूपमा रहेको सुर्तीजन्य पदार्थको नियन्त्रणमा काम गर्नको लागि प्रतिबद्ध रहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सुर्तीजन्य पदार्थमा बनेको कानून कार्यान्वयनका लागि जोड दिइने बताइन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक प्रा. डा. रवि शाक्यले सूर्तीजन्य पदार्थको सेवन मानसिक स्वास्थयस“ग पनि जोडिएको बताए । चुरोटको लत छुटाउने औषधिको अभाव हुने गरेको उनले बताए ।

ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले ललितपुर महानगरपालिकालाई सुर्तीजन्य पदार्थमुक्त नगर बनाउने निरन्तर प्रयासत रहेको बताए । उनका अनुसार भोलिबाट ५ जना नगरप्रहरी सुर्तीजन्य पदार्थ विरुद्धको अभियान खटाइनेछ । साथै अबको १५ दिनमा जिल्लाका हरेक विद्यालयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बेचविखन गर्न नपाइने नियमलाई कार्यान्वयन ल्याइने भएको छ ।

सुर्तीजन्य पदार्थविरुद्ध अभियान सञ्चालन गर्दै आएको संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नयाँ पुस्तालाई सूर्तीजन्य पदार्थ सेवन गर्न रोक्नका लागि बढी जोड दिनुपर्ने बताए । उनले भने,‘खिल्ली चुरोट तथा चुरोटको विज्ञापनमा रोक लगाउनुपर्छ ।’

प्रकाशित : जेष्ठ १६, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?