कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी जग्गासमेत बैना गरी ठगी गर्ने दुई पक्राउ

काठमाडौँ — सरकारी जग्गासमेत बैना गरी ठगी गर्ने दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका ७ बागेश्वरीका ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका ८ का ५८ वर्षीय ईश्वर गाईजु छन् ।

सरकारी जग्गासमेत बैना गरी ठगी गर्ने दुई पक्राउ

खोटाङ बुईपा ३ घर भई दिक्तेल रुपाकोट मझुवागढी बस्ने धनिराम राईको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

अधिकारी र गाईजुले भक्तपुर साविक सुडाल गाविस-४ (क) मा रहेको जग्गा सम्बन्धित जग्गा धनीसँग अनुमती नलिई झुक्याएर बिक्री गर्न करारनामा गरी बैना वापत ५ करोड २० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार भक्तपुर मालपोत कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको एसपी कोइरालाले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?