२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार 

काठमाडौँ — काठमाडौं महानगरपालिका–१३ छाउनीमा शुक्रबार राति ट्याक्सी चालकमाथि चुक्कु प्रहार भएको छ । 

छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार 

नेपाल टेलिकमको कार्यालय अगाडि काभेपलाञ्चोक रोशी गाउँपालिका घरभई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामालाई बा १ ज १४४६ नम्बरको ट्याक्सीमै बारा कलैयाका १९ वर्षीय विकास सरावले चक्कु प्रहार गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शुक्रबार साँझ चालकमाथि सोही ट्याक्सीमा सवार यात्रुले चक्कु प्रहार गरेका हुन् ।

घाइते लामालाई महानगरीय प्रहरी वृत्त स्वयम्भूले तत्कालै उद्धार गरेर मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेको थियो । तर त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा रिफर भएको प्रहरीले जनाएको छ । आरोपी सरावलाई चक्कुसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : पुस २, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?