कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ — सरकारले उधौली पर्व, यमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ । 

काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

उक्त पर्वका अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र उपत्यकामा सार्वजनिक बिदा दिने शुक्रबार मन्त्रिस्तरीय निर्णय भएको गृह मन्त्रालयले शुक्रबार सूचनामार्फत जानकारी दिएको हो ।

'वि.सं २०७८ साल पुस ४ गते आइतबारका दिन उधौली पर्व, यमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा,' मन्त्रालयका उपसचिव बसन्त भट्टराईले निकालेको सूचनामा लेखिएको छ, 'काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०९/०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

प्रकाशित : पुस २, २०७८ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×