कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

काठमाडौं प्रहरी प्रमुख फेरिए

काठमाडौँ — गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीलाई सरुवा गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख फेरिए

परिसर प्रमुख एसएसपी अशोक सिंह गौतमबुद्ध विमानस्थल (लुम्बिनी) सुरक्षा प्रमुखमा सरुवा भएपछि रिक्त ठाउँमा ब्यूरोका सहनिर्देशक गिरीलाई ल्याइएको हो । दुवै एसएसपीको यसअघि नै सरुवा भएको थियो ।

एसएसपी सिंह २०७७ मंसिर ७ बाट परिसर प्रमुखमा आएका थिए । पछिल्लो पटक गृहमन्त्री बालकृष्ण खाँणले सिंहलाई हटाएर गिरीलाई परिसरमा सरुवा गरे पनि निर्णय कार्यान्वयनमा आएको थिएन ।

शुक्रबार भने गिरी परिसर हाजिर भइसकेका छन् । एसएसपी सिंहको पनि शुक्रबार नै परिसरले बिदाइ कार्यक्रम राखेको छ । सिंह गौतमबुद्ध विमानस्थल सञ्चालनमा नआउन्जेलका लागि प्रहरी प्रधान कार्यालयमै कार्यरत रहने एक अधिकारीले बताए ।

काठमाडौं परिसर आकर्षक पोष्टिङ मानिन्छ । संघीय राजधानीका अलवा, राजधानीको सुरक्षा व्यवस्थापन, शक्तिकेन्द्रसँगको सीधा सम्पर्क, यहाको आर्थिक/सामाजिक पक्ष लगायतले गर्दा पनि काठमाडौं प्रहरी प्रमुख बन्न एसएसपीहरूबीच हानथाप हुने गरेको छ ।

प्रकाशित : पुस २, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×