कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ऋण नतिर्न साथीको हत्या'

भक्तपुर — ऋण तिर्नु नपरोस् भनी बाल्यकालदेखिको साथीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले सूर्यविनायक–२ बालकोटका ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या आरोपमा मृतककै साथी बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ र प्लास्टरको मिस्त्री काम गर्ने मोरङ लेटाङ घर भई बालकोट बस्ने ३० वर्षीय प्रेम विश्वकर्मालाई बुधबार पक्राउ गरेको हो । राजन र हेमन्त बाल्यकालदेखिको साथी र पारिवारिक सम्बन्ध पनि राम्रो रहेको प्रहरीले जनाएको छ ।

एकअर्कासँग सरसापट चलिरहन्थ्यो । राजन जग्गा किनबेचको काम र फाट्टफुट्ट सम्पर्कमार्फत भाडामा आफ्नै गाडीसमेत चलाउँथे । हेमन्त मोटरसाइकल वर्कसप सञ्चालक हुन् । हेमन्तले प्रहरीसँगको प्रारम्भिक बयानमा राजनलाई २ लाख रुपैयाँ तिर्नुपर्ने बताएका छन् । सामान्य चिनजानका प्रेम विश्वकर्मालाई प्रयोग गरेर हेमन्तले मंगलबार राति करिब १० बजे राजनको हत्या गरेका हुन् ।

हेमन्तले गठ्ठाघरमा बोलाई त्यहाँबाट आफ्नो मोटरसाइकलमा बसाइ बालकोटमा लगी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको थिमि वृत्तका प्रमुख डीएसपी नरहरि रेग्मीले बताए । ‘पछाडिबाट टाउकोमा फर्मा प्रहार गरेको आरोपितले बताएका छन्,’ उनले भने ।

प्रकाशित : मंसिर २३, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?