कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

रासस

काठमाडौँ — ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । 

उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका १५ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।

महाशाखाले उपत्यकाको चक्रपथ, नयाँ बानेश्वर, वसुन्धरा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, भैँसेपाटी, कपन, सानेपा, माकलवारी, टोखालगायतका स्थानबाट हराएका मोटरसाइकल एवं स्कुटर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचना संकलन तथा सुराकीमार्फत मोटरसाइकल बरामद गर्दै आएको जानकारी दिए । उनले एकान्त ठाउँमा पार्किङ नगर्नसमेत सवारी धनीलाई आग्रह गरे ।

महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाका विभिन्न स्थानबाट हराएका १७६ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न २१ जनालाई पक्राउ गरी कारबाहीका लागि उपत्यकाका विभिन्न वृत्तमा पठाइसकेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?