कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

जिउभरी ऐजेरु पलाएका सुवासको उपचारमा आर्थिक समस्या

काठमाडौँ — ऐजेरुले पुरै शरीर ढाकेपछि उपचार खर्च खोजिरहेका मोरङको मिक्लाजुङ–५ खोलिटारका सुवास राई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना भएका छन् ।

जिउभरी ऐजेरु पलाएका सुवासको उपचारमा आर्थिक समस्या

आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन । विभिन्‍न सञ्चारमाध्यमहरुमा उनको अवस्थाबारे समाचार प्रकासित भएपछि स्थानीय शंकर बजगाईंले पहल गरेका थिए । 'देशविदेशबाट सुवासको उपचारका लागि सहयोग गर्ने प्रतिबद्धता मिलेको छ, हामीले आर्थिक अभाव हुँदा थोरै रकम अस्पतालमा डिपोजिट गरेर अस्पताल भर्ना गरेका छौं,' शंकरले भने ।

'दाइको अवस्था देखेर कठै भन्ने धेरै छन्, तर प्रयाप्त सहयोग मिलेको छैन,' भाई मोहनले भने । 'अस्पताले उपचारमा सहयोग गर्ने भनेको छ , तर काठमाडौं जस्तो ठाउँमा औषधिलगायत साना तिना खर्च निक्कै हुने रैछ,' सुवासका भाइ मोहन भन्छन्, 'सहयोग भएन भने काठमाडौं जस्तो ठाउँमा कसरी उपचार गराउने होला दैव ।' उनले देशविदेशबाट सुवासको उपचारका लागि चासो बढेपछि केहि आशा भने पलाएको बताए । सुवासको हेरचाह उनकी बहिनी तारा राईले गरिरहेकी छन् ।

सानो छँदा मासुको सानो लुर्को मात्र थियो । उसैबेला उनका बाबु आमाले सुवासको उपचार गर्ने प्रयत्न गरे । तर, उपचारभन्दा बिहान बेलुकाको जाउलो जुटाउने समस्या जटिल बनिदिँदा सुवासको गालामा पलाएको ऐजेरु पत्तै नपाइ निक्कै ठूलो भइसकेको थियो ।

सुवासको शरीरका प्राय: सबै भागमा मासु पलाएको छ। घाँटीदेखि पछाडि डाढमा, दाहिने हात, अनुहार र कानमा पनि मासुको डल्ला छ।

अनुहारमा साना दाना, घाँटीदेखि पछाडि डाढसम्म झुण्डिएको अजङगको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पिडा हुने गरेको उनले बताए । 'कोल्टे परेर सुतेको वर्षौ भइसक्यो । यसरी सुत्दा निन्द्रा पनि लाग्दैन,' उनी भन्छ्न, ‘छटपटी र अनिदोमा रात/दिन बित्ने गरेको छ।'

प्रकाशित : मंसिर ११, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?