कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ  ।

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ 

उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१० चुन्‍नीखेलबाट पक्राउ गरेको हो ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी बैंकको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको ब्युरोले जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?