कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बास्कोटाको आरोप : माधव नेपाल समाजवादी आन्दोलन कमजोर बनाउन चोइटिएका हुन्

नगेन्द्र अधिकारी

काभ्रे — नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बास्कोटाले माधवकुमार नेपाल लगायत नेताहरु समाजवादी आन्दोलनलाई कमजोर बनाउन चोइटिएर गएको आरोप लगाएका छन् ।

बास्कोटाको आरोप : माधव नेपाल समाजवादी आन्दोलन कमजोर बनाउन चोइटिएका हुन्


उनले नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई 'मरुभूमिमा पोखरी खोज्दै हिँडेको ऊँट'को संज्ञासमेत दिए । धुलिखेल वडा नं ६ र ७ को अधिवेशनको संयुक्त उद्घाटन गर्दै बास्कोटाले नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘छद्‍मभेषी वामपन्थी’ को आरोप लगाए ।

‘माधव नेपालको पार्टी मरुभूमिमा पोखरी खोज्दै हिँडेको ऊँट जस्तो हो, पर पोखरी देखिएको जस्तो हुन्छ तर नजिक पुग्दा त्यो पोखरी हुँदैन,’ उनले भने, ‘समाजवादी आन्दोलन बलियो बनाउन हैन, कमजोर बनाउन उनी चोइटिएर गएका हुन् ।’

यस्तै एमाले अध्यक्ष केपी ओलीको संसद् विघटनको निर्णयको बचाउ गर्दै अघिल्लो सरकारलाई काम गर्न नदिएको आरोप लगाए । नेकपा एमालेले काभ्रेका अधिकाशं वडामा सर्वसम्मत नेतृत्व चयन टुंग्याएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?