कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको ८० लाख नगदसहित भक्तपुरबाट एक व्यक्ति पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीबाट कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१०, पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर मगरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको थियो ।

उनलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


प्रकाशित : कार्तिक ४, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?