कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दक्षिणकालीमा शंकास्पद अवस्थामा एक जना मृत फेला, हत्याको आशंका 

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिणकाली नगरपालिका–६ कमलपोखरीस्थित स्थानीय हरिकृष्ण श्रेष्ठको गोठमा काम गर्ने अन्दाजी ५० वर्षीय गोजे राई शंकास्पद अवस्थामा मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलका अनुसार मृतक राईको टाउकोमा गहिरो चोट छ ।

मंगलबार बिहान गोठको खाटमै रगताम्य अवस्थामा राईको शव फेला परेको प्रहरीले जनाएको छ । राईको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतकसँगै बस्ने पासाङ शेर्पा फरार छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको डीएसपी पोखरेलले बताए ।


प्रकाशित : कार्तिक २, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पछिल्लो समय ठुल्ठूला सवारी दुर्घटना बढेका छन् । यसको मुख्य कारण के होला ?

x
×