ललितपुरमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
ललितपुर — बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घरभई मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठ रहेका छन् ।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका श्रेष्ठलाई शुक्रबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झूक्याई सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको ब्यूरोले जनाएको छ ।
प्रकाशित : आश्विन १, २०७८ १७:११