कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतद्वारा ‘आजादीका अमृत महोत्सव’ मनाउन सुरु 

काठमाडौँ — भारतले ‘आजादीका अमृत महोत्सव’कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रम आयोजना गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार भदौ २९ देखि असोज १२ सम्म कार्यक्रम हुँदैछ । भदौ २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ भएको दूतावासले जनाएको छ । 

यस पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख उपस्थित थिए । भारतका हिन्दी भाषा विज्ञ विजयकुमार मलहोत्रा वेबिनारमा सहभागी थिए ।

नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख सञ्जित बर्मा र हिन्दी साहित्यकार राम दयाल राकेशको सो वेबिनारमा उपस्थिति थियो । बेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधानसभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिएको दूतावासले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?