कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुटेरा समूहका नाइके समातिए 

काठमाडौँ — सशस्त्र प्रहरीको विशेष टोलीले स्वयम्भू छाउनीबाट लोड गरिएको पेस्तोलसहित काठमाडौ तारकेश्वर–३ का सोनाम लामा तामाङलाई बुधबार पक्राउ गरेको छ ।

तामाङ चोरी लुटपाटमा स‌‌लग्न उनी पटकपटक पक्राउ परेर रिहा हुँदै आएका व्यक्ति हुन् । पछिल्लो समय उनी फरार सूचीमा पनि थिए । २४ वर्षीय तामाङको साथबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक जर्मन पेस्तोल पनि बरामद भएको छ ।

उनको साथबाट पनि बा ४९ प ७८६५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । तामाङको समूहले काठमाडौंमा लुटपाटको योजना बनाइरहेको थियो । त्यही क्रममा पक्राउ गरेका हुन् । तामाङ समूहमा रहेका अरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाउने तयारी गरेको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?