कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुई सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण हुने

ललितपुर — पुल्चोकस्थित दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको समय् फल्चा (पाटी) पुनर्निर्माण हुने भएको छ । जिल्ला अदालत लगनखेलले गत भदौ २ मा दिएको अन्तरकालीन आदेश खारेज गरेसँगै बिहीबार फल्चा शिलान्यास गरिएको हो ।

दुई सय वर्ष पुरानो समय् फल्चाको पुनर्निर्माण हुने

लालीगुँरास बहुउद्देश्य सहकारी संस्थाका कर्मचारीसमेत निवेदक भई पाटी पुनर्निर्माण रोक्का गरी पाउँ भनी निवेदन दर्ता गरेका थिए ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सत्यको जित भएको बताए । ‘सर्वाेच्च अदालत र जिल्ला प्रशासन कार्यलय ललितपुरबाट पाटी पुनर्निर्माण नरोक्नु भन्ने आशय सहितको आदेश प्राप्त भइसकेको थियो,’ उनले भने, ‘तैपनि जिल्ला अदालतले अन्तरकालीन आदेश जारी गर्‍यो । यसले भदौ ३ मा गर्ने तय भएको शिलान्यास आजसम्म लम्बियो ।’

फल्चा पुनर्निर्माण गर्न रोबिन महर्जनको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । पुनर्निर्माण लगत ३३ लाख १६ हजार छ । जसमा जनसहभागिताबाट ३ लाख ३१ हजार र महानगरबाट २९ लाख ८५ हजार रुपैयाँ बेहोरिनेछ ।

प्रकाशित : भाद्र २४, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?