कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौँ — प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्नको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौं–१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोग मंगलबार २ जनालाई ३० लाख ७ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका–३ घरभई सोही बजारको स्टल नम्बर १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मिनप्रसाद गौतम र रमेश तिमिल्सेना छन् ।

मिनप्रसादले हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गर्दा हुण्डीमा प्रयोग भएको रकमसहित फेला परेको जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?