कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर — भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख २०३८ नम्बरको टिपरमा विपरीत दिशाबाट आएको प्रदेश ३–०२–०२४ प ८०३३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा चालक सूर्यविनायक नगरपालिका–८ सिपाडोलका २१ वर्षीय निरज श्रेष्ठको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट सख्त घाइते श्रेष्ठको उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

प्रहरीले टिपर र टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का २९ वर्षीय रमेश माझीलाई नियन्त्रणमा लिएको छ ।


प्रकाशित : श्रावण ७, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?