कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेचोको नवदुर्गा मन्दिरमा गजुर राखियो

ललितपुर — ठेचोस्थित लिच्छविकालीन महत्त्व बोकेको नवदुर्गा भवानी देवी मन्दिरमा सांस्कृतिक बाजागाजासहित बिहीबार गजुर स्थापना गरिएको छ । मन्दिर २०७२ को भूकम्पले क्षति पुर्‍याएको थियो ।

ठेचोको नवदुर्गा मन्दिरमा गजुर राखियो

पुरात्तत्व विभागले पुनर्निर्माण गर्न २०७६ मा भ्याटबाहेक २ करोड १६ लाख ६३ हजार २ सय ३६ रुपैयाँ बजेट विनियोजन गरेको थियो । नवदुर्गा मन्दिर ठेचोका रैतानेका इष्टदेवता हुन् । नवदुर्गा मन्दिर उपत्यकाका विभिन्न शक्तिपिठमध्ये एक मानिन्छ ।

नवदुर्गा भवानी देवी गुठी अध्यक्ष धर्मराज मालीले मन्दिरको सत्तल संग्रहालयको रुपमा परिणत गर्ने योजना रहेको बताए । ‘नवदुर्गा मन्दिरको अर्को गुठी घर निर्माण सम्पन्न भएपछि त्यहाँ संस्कृति सम्पदाबारे अध्ययन अनुसन्धान गर्न आउने विदेशी बस्ने होमस्टे बनाउने लक्ष्य छ,’ उनले भने, ‘यसले नवदुर्गा गुठीसँगै गोदावरी नगरपालिकामा राजस्व भित्र्याइ मुलुकको अर्थतन्त्र बलियो बनाउन थप टेवा पुग्नेछ ।’

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले मन्दिरका साथै नवदुर्गा नाच संरक्षण प्रबर्द्धन गर्न अक्षयकोषको व्यवस्था गरेको बताए । ‘१२ वर्षे जात्रा सञ्चालन गर्न पनि छुट्टै अक्षयकोषको व्यवस्था गरेका छौं,’ उनले भने । नवदुर्गा नाच प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा ४ दिन पाटन दरबार क्षेत्रस्थित मूलचोकमा प्रदर्शन गर्ने प्रचलन छ ।

पाटन दरबारसँग सम्बन्धित सबभन्दा पुरानो जात्रा लिच्छवि राजा मानदेवले स्थापना गरेको मनमानेश्वरी देवीको पूजाविधि पर्व र नवदुर्गा नाच हुन् । देवमाला वंशावलीमा उल्लेख भएअनुसार ठेचोमा नवदुर्गा मन्दिर स्थापना गरेर ७ सय घरधुरी बसाली ठेचो बस्ती स्थापना गरेको हो ।

प्रकाशित : असार ३१, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?