कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलितलाई कोठा नदिएकाे आराेपमा घरबेटी पक्राउ

काठमाडौँ — दलित भएको भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार काठमाडौंको बबहरमहलबाट घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

दलित भएको भन्दै आफूलाई प्रधानले कोठा भाडामा नदिएको भन्ने रूपा सुनारको उजुरीपश्चात् प्रधानलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको एसएसपी सिंहले बताए ।

रूपाले केही दिनअघि मात्रै सामाजिक सञ्जालमार्फत जातकै आधारमा आफूमाथि भेदभाव भएको विषय सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित : असार ६, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?