कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा पोखरीमा बालकको शव फेला

भक्तपुर

काठमाडौँ — चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सेतो बिएम इँटा भट्टाको कृत्रिम पोखरीमा बालकको शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीय राजु मछेका १० वर्षीय छोरा रोजन मछेको शव पोखरीमा भेटिएको हो ।

शुक्रबार बालक हराएको र खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोलीले खोजतलास गर्दा शनिबार बिहान करिब एक बजे मृतक बालक घर नजिकैको बिएम इँटा भट्टाको कम्पाउन्डको कृत्रिम पोखरीमा फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । प्रत्येक वर्ष इँटा भट्टामा इँटा बनाउन बनाइएको खुल्ला कृत्रिम पोखरीमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ ।

प्रकाशित : असार ५, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?