भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

भक्तपुर — अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ७७ प ५६०५ नम्बरको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भइसडक बीचको आइल्यान्डमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट मोटरसाइकल चालक सोलुखुम्बु लिखुपिके गाउँपालिका–३ चौलाखर्क घरभइ काठमाडौं काडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार उदयपुर ताप्ली गाउँपालिका–५ घरभइ काँडाघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ घरभइ सोही स्थान बस्ने २५ वर्षीय अमित जैरु छन् ।

दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालक बस्नेतको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार ३, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?