कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा बेवारिसे शव फेला

भक्तपुर — चाँगुनारायण नगरपालिका–६ वालवन वालखोलामा बेवारिसे शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार साँझ एकीन नामथर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

ती पुरुषको हुलिया गहुँगोरो वर्ण, उचाई ५ फिट ८ इन्च, मझौला शरीर, दाहिने हातको बुढी औंला र चोरी औंलाको बीचमा ओम लेखिएको ट्याटुलगायत रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।

प्रकाशित : जेष्ठ २, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?