कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द्रागिरि नगरक्षेत्र एक साता सिल

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाले सम्पूर्ण नगरक्षेत्र एक सातालाई सिल गर्ने भएको छ । कोरोना संक्रमणको दर तीव्र भएसँगै जेठ १ गते बिहान ६ बजेदेखि जेठ ७ गते बिहान ५ बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । 

चन्द्रागिरि नगरक्षेत्र एक साता सिल

औषधि पसल र स्वास्थ्य संस्थाबाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाले जनाएको छ । विगतमा खाद्यान्न तथा तरकारीका पसल खोल्ने गरिए पनि यसपटक नखुल्ने प्रवक्ता महर्जनले बताए । ‘सम्पूर्ण खाद्यान्न पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण व्यवसाय, नगरपालिकाका वडा कार्यालय, नगरबाट सञ्चालित योजनाहरू, सरकारी–गैरसरकारी, बैंक तथा वित्तीय संस्थाहरू, निजी कार्यालयका सेवाहरू पूर्ण रूपमा बन्द गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउन तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न भने नरोकिने नगरपालिकाले जनाएको छ । सिल गरिएको अवधिबाहेकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधाज्ञाबमोजिम हुने विज्ञप्तिमा उल्लेख छ ।



प्रकाशित : वैशाख ३०, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?