कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 निषेधाज्ञाबीच रातो मत्स्येन्द्रनाथको रथारोहण

– यस वर्ष पनि नरिवल खसाल्ने र भोटो जात्रा स्थगित

काठमाडौँ — सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको बुधबार निषेधाज्ञाबीच रथारोहण गरियो । रथारोहण गराउन मत्स्येन्द्रनाथलाई तःबहालदेखि खटमा राखी पुल्चोकमा पुर्‍याइएको थियो । तिथिअनुसार औंसी (आमाको मुख हेर्ने दिन) मा देवीचौरको कटुवाल दहबाट कलशमा मत्स्येन्द्रनाथलाई ल्याउने र भोलिपल्ट वैशाख शुक्ल प्रतिपदामा रथारोहण गर्ने चलन छ ।

 निषेधाज्ञाबीच रातो मत्स्येन्द्रनाथको रथारोहण

रथारोहणपछि विधिवत रुपमा रथयात्रा गरिन्छ । रथ लगनखेल पुगेपछि नरिवल खसाल्ने र जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो जात्रा मनाइन्छ । तर, यस वर्ष कोभिड–१९ को दोस्रो लहर अत्याधिक मात्रामा फैलिएका कारणले यी प्रमुख जात्रा नहुने भएको छ । रथलाई सांकेतिक रुपमा सीमित व्यक्तिहरुको उपस्थितिमा हाल रथ रहेको स्थान पुल्चोकबाट केही मिटर पर तानेर जात्रा सम्पन्न गरिने भएको छ ।

बुधबार स्थानीय प्रशासन, गुठी संस्थान, ललितपुर महानगरपालिका, जातिय खलःलगायत सरोकारवालासहित बसेको बैठकले यस्तो निर्णय गरेको हो । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मुलुकको सबभन्दा लामो जात्रा भएकाले रथ यात्राको क्रममा स्वत:फुर्त रुपमा यात्रामा सहभागी हुने सर्वसाधारणलाई रोक्न नसकिने भएकाले सांकेतिक रुपमा सम्पन्न गर्ने निर्णय गरेको बताए । ‘यात्राले कोरोना समुदायमा नफैलियो भनेर सर्तक अपनाएका हौ,’ उनले भने ।

परम्परा अनुसार रथारोहणको चार दिनभित्र रथ यात्रा सुरु गर्नुपर्छ । यस वर्ष यात्राको साइट जेठ १ गते परेको छ । सोही दिन सिमित बाजासहित सांकेटिक रुपमा जात्रा सम्पन्न गरिन्छ । र पुल्चोकबाटै मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर पुजारीहरुले बाकेर बुङमती पुर्‍याइनेछ । नेपालमा बाह्र वर्षसम्म पानी नपरी अनिकाल परेकाले वृष्टि गराउन मत्स्येन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ज्यापु रथ भक्त भई भारत, असमको कामरुप कामाक्षबाट ल्याइएको लोककथन छ ।


प्रकाशित : वैशाख २९, २०७८ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?