कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यपुर अस्पतालले कोरोना संक्रमितको भर्ना नलिने

भक्तपुर — कोरोना भाइरस संक्रमित बिरामीको उपचार गरिरहेको मध्यपुर अस्पतालले नयाँ बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने भन्दै अस्पतालले विज्ञप्तीमार्फत थप बिरामी भर्ना गर्न नसकिने जनाएको हो ।

मंगलबार अस्पतालकी निर्देशक डा.रविना प्रधानाङ्गको हस्ताक्षरमा सार्वजनिक विज्ञप्तीमा कोभिड–१९ संक्रमितको सेवा विस्तार गर्ने योजना स्थगित जनाएको छ ।


त्यसैगरी हाल उपचाररत बिरामीको उपचारमा पनि कठीनाइ भएको हुनाले बिरामीको लागि चाहिने अक्सिजनको व्यवस्था नभएसम्म अस्पतालले दिँदै आएको सेवामा निरन्तरता दिन नसक्ने विज्ञप्तीमा उल्लेख छ ।

आवश्यक अक्सिजन नियमित आपूर्ति भएमा अस्पतालले अर्को सूचना प्रकाशित गरी सेवा प्रदान गर्ने जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?