कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने

भक्तपुर — मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित नागरिक सामुदायिक शिक्षण अस्पताल लिमिटेडलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ । 

नागरिक अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने

अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाका अनुसार आइतबारबाट ८ वटा आईसीयूसहित १ सय शय्याको कोभिड आइसोलेसन कक्ष सञ्चालन सुरु हुन लागेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेपछि १ सय शय्या क्षमताको कोभिड आइसोलेसन कक्ष सञ्चालन गर्न लागिएको उनले बताए । अक्सिजन अभाव हुन नदिन अस्पतालले एक सय भन्दा बढी अक्सिजन सिलिन्डर संकलन समेत गरेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?