कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा कोभिडका बिरामीका लागि एम्बुलेन्स सेवा नि:शुल्क

काठमाडौँ — ललितपुर जिल्लामा कोभिडका बिरामीका लागि एम्बुलेन्स सेवा नि:शुल्क रुपमा उपलब्ध गराइने भएको छ । 

ललितपुरमा कोभिडका बिरामीका लागि एम्बुलेन्स सेवा नि:शुल्क

कोभिड-१९ को महामारीको अवस्थामा जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुसहितको शुक्बारको बैठकले उक्त निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्‍चालित सबै एम्बुलेन्सहरुलाई यथाशीघ्र १०२ मा आबद्ध गर्न लगाउने, वैशाख मसान्तभित्र GPS जडान गर्न लगाउने लगायत निर्णय पनि गरिएको छ ।

निर्णयहरु

१. कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर राखी एम्बुलेन्स सेवाको संचालन र परिचालन प्रभावकारी बनाउन ललितपुर जिल्लाअन्तर्गत सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरुलाई यथाशीघ्र १०२ मा आवद्ध गर्न लगाउने ।

२. कोभिड विरामीको लागि १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा नि:शुल्क रुपमा उपलब्ध गराउने। कोभिड १९ का बिरामी बोक्न प्रयोग गरिएको डेडिकेटेट एम्बुलेन्सको लागि लागेको खर्च जुन पालिकाको क्षेत्रवाट बिरामी अस्पतालसम्म पुर्‍याइन्छ सोही स्थानीय तहले नै व्यहोर्ने व्यवस्था गर्ने र यसका लागि सम्बन्धित पालिका प्रमुखसँग छुट्टै बसी थप निर्णय गर्ने ।

३. ललितपुर जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य रुपमा वैशाख मसान्तभित्र GPS जडान गर्न लगाउने । सो कार्यको लागि रेडक्रस सोसाइटी ललितपुर शाखाले समन्वय गर्ने र सोको अनुगमन गरी तत्‌पश्चात् GPS जडान नभएका एम्बुलेन्स सञ्चालन रहेको पाइएमा नियमानुसार कारबाही गर्ने र GPS जडान नभएका एम्बुलेन्स ललितपुर जिल्लामा संचालनमा रोक लगाउने ।

प्रकाशित : वैशाख २४, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?