कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपनबाट सालकको खपटासहित दुई पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले कपनबाट दुई जनालाई सालकको खपटासहित नियन्त्रणमा लिएको छ । 

कपनबाट सालकको खपटासहित दुई पक्राउ

कपनको सरस्वतीनगरबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ८ सय ग्राम खपटासहित धादिङको थाक्रे गाउँपालिका-३ डाँडाखर्कका ३० वर्षीय कुलबहदुर तामाङ र २० वर्षीय जयराम तामाङलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

यस्तै, ब्युरोले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रुपमा सालको काठ चोरी निकासी गरी चिरान गर्न लगाउने मुद्दाका मुख्य फरार अभियुक्त ठोरी गाउँपालिका-४ आठघर टोलका ३५ वर्षीय लेखे भनिने लेखबहादुर श्रेष्ठलाई पनि बौद्धबाट पक्राउ गरेको छ ।

प्रकाशित : वैशाख १३, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?