कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रिटिस कलेजको जब फेयर

काठमाडौँ — थापाथलीस्थित द ब्रिटिस कलेजले ‘टीबीसी जब फेयर’ सम्पन्न गरेको छ । २८ कम्पनी सहभागी रहेको फेयरमा दुई सयभन्दा बढी विद्यार्थी अन्तरक्रिया तथा अन्तर्वार्तामा सहभागी थिए ।

कलेजका पूर्वविद्यार्थी र बीबीए, बीएस्सी, कम्प्युटिङ तथा एसीसीए, स्नातकोत्तर तह एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएमका विद्यार्थी संलग्न थिए ।

फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा कार्यरत सेवा प्रदायकको उपस्थिति रहेको कलेजका एसोसिएट डिन अरुणलाल जोशीले जनाएका छन् ।

प्रकाशित : चैत्र २९, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?