कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस लिएको अभियोगमा वडा सचिवविरुद्ध  मुद्दा दायर

रासस

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो ।

आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।


प्रकाशित : चैत्र २४, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?