कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिस्केट जात्रा पूजामा सीमित हुने

भक्तपुर — भक्तपुर जिल्लामा मनाइने बिस्केट जात्रालाई पूजामा सीमित हुने भएको छ । भारतका विभिन्न प्रान्तहरुमा कोरोना भाइरस संक्रमण फैलिरहँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै आइतबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)का पदाधिकारीहरुको बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्‍ने र लिंगो ठड्याउने काम नगर्ने निर्णय लिएको हो ।

बिस्केट जात्रा पूजामा सीमित हुने

यस्तै बैठकले नयाँ वर्ष २०७८ का अवसरमा हुने पूजा, पाठ, सप्ताह र पिकनिकजस्ता कार्यक्रमहरु पनि सीमित संख्यामा कोभिडको मापदण्ड पालना गरेरमात्र गर्न/गराउन अनुरोध गर्ने निर्णय गरेको छ । अत्यधिक भीडभाड हुने जिब्रो छेड्ने तथा सिन्दुर जात्रा नगर्न र कोरोनाबाट बच्‍न जनचेतनामूलक कार्यक्रम गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्डहरु उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्नेसमेत निर्णय गरिएको छ ।

बैठकमा डीसीसीएमसीका सल्लाहकार एवं जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य क्षेत्रका प्रमुख लगायतको उपस्थिति थियो ।

प्रकाशित : चैत्र २२, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?