३१ लाख नगदसहित १७ जना जुवाडे पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३१ लाख नगदसहित १७ जना जुवाडे पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । त्यस्तै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

अवैध रुपमा तास खेलेको सूचनाका आधारमा परिसरबाट प्रहरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खानतलासीमा खटिएको थियो । पक्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनुसन्धान जारी रहेको पनि प्रहरी उपरीक्षक महर्जनले बताए ।

पक्राउ पर्नेहरू

१. जिल्ला ललितपुर बस्ने वर्ष ४३ को रामबहादुर लामा

२. जिल्ला ललितपुर बस्‍ने वर्ष ४० को प्रकाश भण्डारी

३. जिल्ला ललितपुर बस्‍ने वर्ष ४७ को लव कुमार बस्‍नेत

४. जिल्ला ललितपुर बस्‍ने वर्ष ४३ को राकेश महर्जन

५. जिल्ला ललितपुर बस्‍ने वर्ष ३९ को दिनेश पुडासैनी

६. जिल्ला ललितपुर बस्‍ने वर्ष ५३ को हिटलर श्रेष्ठ

७. जिल्ला ललितपुर बस्‍ने वर्ष २८ को अनिल महर्जन

८. जिल्ला ललितपुर बस्‍ने वर्ष ३६ को श्रीकृष्ण खड्का

९. जिल्ला ललितपुर बस्‍ने वर्ष ४२ को तुलसी राम महर्जन

१०. जिल्ला ललितपुर बस्‍ने वर्ष ४६ को सानु कान्छा महर्जन

११. जिल्ला ललितपुर बस्‍ने वर्ष ४५ को पुर्ण श्रेष्ठ

१२. जिल्ला ललितपुर बस्‍ने वर्ष ४८ को विनोद प्रसाद घिमिरे

१३. जिल्ला ललितपुर बस्‍ने वर्ष ४० को पुर्ण मान माली

१४. जिल्ला ललितपुर बस्‍ने वर्ष ५७ को सानुकान्छा बस्‍नेत

१५. जिल्ला ललितपुर बस्‍ने वर्ष ४६ को राम खत्री

१६. जिल्ला ललितपुर बस्‍ने वर्ष ३२ को विनोद महर्जन

१७. जिल्ला ललितपुर बस्‍ने वर्ष ५५ को चिरीकाजी महर्जन


प्रकाशित : फाल्गुन ८, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

होङ्सीमा डिजेल र कोइलाको भर

नारायण शर्मा

पूर्वी नवलपरासी — वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ । मागअनुसारको बिजुली नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनुपरेकाले लागत बढेको कारखानाले जनाएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगको कारखानामा दैनिक कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको छ । वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक, पानीको आपूर्ति नेपाल सरकारले गर्नुपर्ने भए पनि होङ्सीले त्यसअनुसारको सुविधा नपाएको गुनासो गरेको छ । कारखानाले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ ।

कारखानाबाट उत्पादित ओपीसी सिमेन्ट ६ सय रुपैयाँ र पीपीसी सिमेन्ट ५ सय रुपैयाँमा बिक्री हुन्छ । यो अरूको तुलनामा प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो हो । मागअनुसारको बिजुली आपूर्ति हुन सके बिक्री मूल्यमा प्रतिबोरा कम्तीमा ५० रुपैयाँ सस्तोमा बेच्न सकिने कारखानाको भनाइ छ । ‘पर्याप्त बिजुली आपूर्ति हुन सके अहिलेको बिक्री मूल्यको तुलनामा सस्तोमा सिमेन्ट उपलब्ध हुन्छ,’ होङ्सीका सहायक महाप्रबन्धक जेम्सले भने ।

डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण बिजुली नदिएको हो । कारखाना परिसरमा बत्ती बाल्ने मात्र बिजुली दिइएको छ । आवश्यक बिजुली आपूर्तिका लागि प्रसारण लाइन निर्माणाधीन छ ।

अहिलेको क्षमतामा उद्योगलाई ५४ मेगावाट बिजुली चाहिन्छ । त्यसका लागि उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ । ३६ अर्ब चिनियाँ लगानीको होङ्सीले उत्पादन थालेको दुई वर्ष भएको छ ।

विनयी त्रिवेणीमै रहेको सीजी सिमेन्टमा पनि मागअनुसारको विद्युत् आपूर्ति हुन सकेको छैन । जसकारण डिजेल प्लान्टबाट सिमेन्ट उत्पादन गर्नुपरेको सीजी सिमेन्टका प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिए । सीजी सिमेन्टका लागि आवश्यक ३ दशमलव २ मेगावाट बिजुलीमध्ये २५ सय केभीए मात्रै आपूर्ति भइरहेको छ ।

प्राधिकरणलाई मासिक २० करोड घाटा

कारखानाको मागअनुसारको विद्युत् आपूर्ति गर्न नसक्दा विद्युत् प्राधिकरणलाई मासिक करिब २० करोड रुपैयाँ घाटा लागेको छ । कारखानाले पूर्ण क्षमतामा कारखाना चलाउँदा वार्षिक ५ अर्बभन्दा बढी रकम बिजुलीबापत तिर्छ । हाल कारखानाको उत्पादन क्षमता दैनिक ६ हजार टन रहे पनि कारखानाले दोस्रो चरणमा उक्त परिमाण उत्पादन गर्ने योजनाअनुसार काम भइरहेको छ ।

त्यसपछि दैनिक १२ हजार टन सिमेन्ट र क्लिंकर उत्पादन हुने क्षमता राख्छ । होङ्सीको मागअनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनका प्रमुख हरि पाण्डे बताउँछन् । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा कारखानाका लागि ८४ मेगावाट बिजुली चाहिन्छ । कारखानामा बिजुली पुर्‍याउन डबल सर्किटसहितको काम अघि बढेको उनले जानकारी दिए । उद्योग मन्त्रालयको करिब ६० करोड रुपैयाँ बजेटबाट काम अघि बढेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०७७ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×