कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिनी ट्रकको ठक्करबाट १ को मृत्यु 

कान्तिपुर संवाददाता

भक्तपुर — मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार साँझ चाँगुनारायण–२ झौखेलबाट ब्यासी तर्फ आउँदै गरेको बा २ क ९०९९ नम्बरको मिनी ट्रकमा सवार ब्यासीका ४१ वर्षीय सूर्यमान सुवालको सोही मिनी ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

मिनी ट्रकको ठक्करबाट १ को मृत्यु 

मिनी ट्रकबाट ओर्लने क्रममा लडेर चक्कामा परी घाइते भएका सुवालको उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामङ्गलमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए । मिनी ट्रकको अगाडिको बायाँ साईटको चक्काको ठक्करले सख्त घाइते सुवाललाई भक्तपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याएको र त्यहाँ उपचार हुन नसकेर केएमसी अस्पताल सिनामङ्गल पुर्‍याइएको थियो ।

प्रहरीले सुवाललाई ठक्कर दिने मिनी ट्रक चालक रामेछाप दोरम्बा घरभई झौखेल बस्ने ४५ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?