२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कान्तिपुरका फोटो पत्रकार अधिकारी घाइते

काठमाडौँ — कान्तिपुरका फोटो पत्रकार कविन अधिकारी घाइते भएका छन् । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेको विरोधमा नयाँ बानेश्वरमा गरिएको प्रदर्शनको तस्बिर लिने क्रममा अधिकारी घाइते भएका हुन् । उनको कुर्चुच्चाको हड्डी भाँचिएको चिकित्सकले बताएका छन् ।  

कान्तिपुरका फोटो पत्रकार अधिकारी घाइते

एभरेस्ट होटल नजिक आन्दोलनकारीमाथि प्रहरीले लाट्ठी हान्‍ने क्रममा भागदौड हुँदा अधिकारी लडेर घाइते भएका हुन् । सिभिल अस्पतालमा अधिकारीको उपचार भइरहेको छ ।

नेकपाको दाहाल–नेपाल समूहकी झाँक्रीलाई प्रहरीले राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै बिहीबार दिउँसो शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । त्यसपछि आक्रोशित नेकपा नेता, कार्यकर्ताले माइतीघरदेखि नयाँबानेश्वरसम्म अपराह्न प्रदर्शन गरेका थिए ।

झाँक्रीको रिहाईका लागि नेकपाको प्रदर्शन, विभिन्न दलका नेताहरुले माग गरेपछि प्रहरीले बिहीबार साँझ नै उनलाई रिहा गरेको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो ।

यसैबीच फोटो पत्रकार क्लबले प्रदर्शनका क्रममा धरपकडमा परी घाइते अधिकारीको शिघ्र स्वस्थ्यलाभको कामना गर्दै आन्दोलनरत पक्ष र सरकारलाई संयमता अपनाउन र चौथो अंगको रुपमा मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

प्रकाशित : माघ २९, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?