कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा ट्राफिक स्वयंसेवक परिचालन

भक्तपुर — महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने भन्दै ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

काठमाडौंमा ट्राफिक स्वयंसेवक परिचालन

महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाई मङ्गलबारदेखि काठमाडौंका विभिन्न १५ स्थानमा परिचालन गरिएको हो ।

उपत्यकाको सवारी चाप हुने तथा पैदलयात्री भीडभाड हुने स्थानमा सहज र सुरक्षित गर्ने लक्ष्यसहित स्काउटका स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए । नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सही तरिकाले सही ठाउँबाट बाटो काट्न सिकाउने बताए ।

स्वयंसेवकले जथाभावी बाटो काट्ने, फुटपाथको प्रयोग नगर्ने पैदलयात्रीहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै नियम पालना गर्न सन्देश प्रवाह गर्नेछन् । कुनै पनि सवारीले ट्राफिक नियम पालना नगरेमा वा जथाभावी फुटपाथ अतिक्रमण गरेको देखेमा नजिक ट्राफिक प्रहरीलाई जानकारी दिने समेत जनाएको छ ।

प्रकाशित : माघ १३, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?