कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरले छाती रोग पुन:स्थापना केन्द्र बनाउने

भक्तपुर — श्वासप्रश्वासका दीर्घरोगीका लागि भक्तपुर नगरपालिकाले सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याउने भएको छ । यसका लागि आठौं नगरसभाले ‘श्वासप्रश्वास पुन:स्थापना केन्द्र सञ्चालन नियमावली–२०७७’ पारित गरेको छ ।

जनशक्ति र संसाधनयुक्त रहने केन्द्रले दम र खोकीका दीर्घरोगीको उपचार गर्ने नियमावलीमा उल्लेख छ । निर्माणाधीन ख्वप अस्पताल रहने ठाउँको उत्तरतर्फ जापानी चिकित्सकको सहकार्यमा नगरपालिकाले छाती पुन:स्थापना केन्द्र सञ्चालन गर्ने भएको छ ।

दमका दीर्घरोगीका लागि स्तरीय उपचार केन्द्र सञ्चालनको योजनालाई अचानक आएको कोरोना महामारीले केही पछि धकेले पनि कार्यान्वयन नरोकिने नगर प्रमुख सुनील प्रजापतिले बताए । दुई वर्षयता नगरपालिकाले १० वटै वडामा घर–घरमा नर्सिङ सेवा सञ्चालन गर्दै आएको छ ।

नगरसभामा विधायन समितिका संयोजक हरिराम सुवालले आदर निकेतन सेवासम्बन्धी विधेयक र शिशु स्याहार तथा बालविकास केन्द्र सञ्चालन कार्यविधि छलफलका लागि प्रस्तुत गरेका छन् ।

प्रकाशित : माघ ७, २०७७ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?