कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्याका फरार आरोपी पक्राउ

भक्तपुर — लुटपाटपछि हत्याको योजना बनाई फरार रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरेका ४२ वर्षीय सोनाम तामाङलाई काभ्रेको धुलिखेल नगरपालिका–१ मयुरपार्कबाट पक्राउ गरेको हो ।

हत्याका फरार आरोपी पक्राउ

गत असोज २१ गते रामेछाप सुनापती गाउँपालिका–३ घर भइ भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) को लुटपाटपछि हत्या भएको थियो ।

चन्द्रबहादुरको पसलमा सोही दिन आएका दुई जना व्यक्तिहरुले आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाएर जग्गा हेर्न भनी पसलभन्दा करिब १ किमि पर विडोलफाँटस्थित धानखेतमा लगी कुटपिट गरी उनको सुनको ब्रासलेट तथा मोबाइल समेत लुटी फरार भएका थिए । चन्द्रबहादुरको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यु भएको थियो ।

उक्त घटनापछि अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न भएका व्यक्तिहरुमध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङ असोज २६ गते पक्राउ परी भक्तपुर जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा छन् ।

प्रकाशित : माघ ४, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?