कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी विपिन भनिने भीमसेन घिमिरेसहित तीन जना काठमाडौंको टोखाबाट पक्राउ परेका छन् । 

चन्द समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ

प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घिमिरेसहित काठमाडौं सदस्य हरिबहादुर चन्द र वीरेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट चन्दा रसिद, चन्दा असुलेको अर्धकट्टी बुक र भूमिगत तथा हिंसात्मक गतिविधि सञ्चालनसम्बन्धी गोप्य कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ । हजारदेखि लाख रुपैयाँसम्मका केही चन्दा रसिद बरामद भएको छ भने यसअघि चन्दा असुल गरिएका अर्धकट्टीमा रकम खुलाइएको छैन ।

परिसर प्रवक्ता डीएसपी प्रमेश विष्टले तीनै जनाविरुद्ध जबर्जस्ती चन्दा असुलमा संलग्न रहेको कसुरमा पक्राउ गरिएको र अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताए ।

प्रकाशित : पुस २३, २०७७ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?